अविरल वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम—कोरल सडक पहिरोका कारण अवरुद्ध भएको बनेको छ । निरन्तरको अविरल वर्षाका कारण जोमसोम—कागबेनी र कागबेनी—जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
बुधबार साँझ जोमसोम—कागबेनी सडक खण्ड अन्तर्गत यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित एक्लेभट्टी नजिकको स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिाकरी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । यसैगरी कागबेनी—कोरला सडक खण्ड अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—३ ताङ्वे सडकमा पनि वर्षाका कारण ठुलो पहिरो गएकाले सडक अवरुद्ध हुन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।
जोमसोम—कोरला सडकखण्डको दुई स्थानमा पहिरो गएपछि सवारी आवागमन ठप्पै भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरु पहिरो अवलोकन गर्न पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गर्नुभयो । उहाँका अनुसार पहिरो खसेको स्थानबाट दुई जना भारतीय पर्यटकलाई उद्दार गरी जोमसोम ल्याईएको उहाँले जानकारी दिनुभयो ।
मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत मुस्ताङ प्रशासनले अनुरोध गरेको । केहीबेर अघि जोमसोम—कोरला सडकखण्डको दुई स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटक तथा सवारी साधन र उपल्लो मुस्ताङको सवारी आवागमन बन्द भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँका प्रमुख जिल्ला अधिकारी भुसालले पहिरो गएको स्थानमा सडक सूचारु गराउन पहल गरिने र अहिले रात परिसकेकाले भोली मात्रै जनशक्ति र उपकरण परिचालित गरिने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली