जनहितका विद्यार्थीद्वारा बाढीपीडितलाई ३९८५५ रुपैया सहयोग

 जनहितका विद्यार्थीद्वारा बाढीपीडितलाई ३९८५५ रुपैया सहयोग

मुस्ताङ,१६, भदौ ।

 रसुवाको भोटेकोशीमा आएको विकासकारी बाढीका कारण समस्यामा परेका बाढी पीडितहरुको लागि मुस्ताङको जनहित माध्यमिक विद्यालयका विद्यार्थीहरुले आर्थिक सहयोग जुटाएका छन । जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जुनियर रेडक्रस सर्कलमा आवद्ध छात्र÷छात्रा विद्यार्थीहरुले आर्थिक संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषको खातामा उन्चालिस हजार ८५५ रुपैया बैंक मार्फत जम्मा गरेका हुन् ।

 जनहित माध्यमिक विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले आपस÷आपसमा स्वतस्फूर्त रुपमा रकम संकलन गरी जुनियर रेडक्रस सर्कलकी शिक्षा नायक आरती सुवेदी मार्फत मंगलबा। प्रधानमन्त्री  दैवी प्रकोप उद्दार तथा राहत कोषको खाँतामा जम्मा गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।


सानो उमेरमै विद्यालयका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्दै आफ्नो व्यक्तिगत आवश्यकतामा प्रयोग हुने खर्च रकम विपत्तिमा परेका नागरिकको सहयोगका लागि समर्पण गरेको प्रधानाध्यापक अधिकारीले बताउँनुभयो ।


प्रतिक्रिया