जोमसोम— मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता एक व्यक्ति मृत फेला परेका छन् ।थासाङ गाउँपालिका—४ झिप्रा देउराली निवासी ५० वर्षीय आई बहादुर परियार शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सुर्यबहादुर बोगटीले जानकारी दिए ।
मंसिर ९ गते घरबाट मुस्ताङको घाँसामा आफन्त बितेको ठाउँमा हिडेका दमाई आफन्तको मरेको ठाउँमा पुगेर घर फर्किदा सम्पर्कविहिन थिए । दमाई घर नफर्किएपछि थासाङ—४ का वडाध्यक्ष नगेन्द्र शेरचनले ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । सम्पर्कविहिन परियारका परिवारले समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए ।
लगातार ७ दिनसम्म सम्पर्कविहिन अवस्थामा रहेका परियारको खोजीकार्यका लागि नेपाल प्रहरी ,नेपाली सेना र स्थानीय बासिन्दाले थासाङको विभिन्न स्थानमा खोजतलास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी सुर्यबहादुर बोगटीले ७ दिनसम्म सम्पर्कविहिन भएर बेपत्ता व्यक्ति फेला परेको पुष्टि गरे । डिएसपी बोगटीका अनुसार बेपत्ता दमाईको शव थासाङ गाउँपालिका—३ लेते खोला किनारामा उत्तानो परेको अवस्था मृत भेटिएको हो ।
बेपत्ता व्यक्ति शव फेला परेको सूचना स्थानीयबाट जानकारी गराइएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट डिएसपी बागेटीको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालयबाट ३ जना गरी ७ जनाको प्रहरीले घटना स्थलमा पुगेको थियो ।
प्रहरीले मृत शव थासाङ गाउँपालिका —३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता