यहाँको (नेपाल—चिन) उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयबाट एघार अर्ब एक करोड ९५ लाख रुपैया बराबरको निकासी पैठारी भएको छ । गत ३० भदौबाट पूर्ण रुपमा संञ्चालनमा आएको यहाँको (नेपाल—चीन )कोरलानाकाबाट १० पुस अर्थात आज बिहिबारसम्ममा निकासी तथा पैठारी गरी उक्त मुल्य बराबरको वित्तिय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
यहाँ स्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्का अनुसार कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरलानाका हुँदै चिनतर्फबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैया मुल्य बराबरको मालवस्तु नेपाल भित्रिएको बताउँनुभयो । यसैगरी नेपालबाट हस्तकला लगायतका नेपाली उत्पादन १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चिनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो ।
यसैगरी यहाँ स्थित नेपाल—चिन उत्तरी कोरलानाकाबाट हालसम्म दुई हजार ७४ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । आईतबारदेखि कोरलानाकाबाट थप चिनियाँ विद्युतीय सवारी साधन नेपाल भित्रिने क्रममा रहेको भन्सार प्रमुख खड्काले बताउँनुभयो । यसै महिना बीवाईडी कम्पनीले कोरलानाकाबाट पाँच सय बढी विद्युतीय सवारी साधन चिनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको तीन सय बढी बिद्युतीय सवारी भन्सार जाँचपास भई गन्तब्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताउनुभयो ।
यहाँको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युती सवारी साधनबाट ५ अर्ब ६ करोड ६२ लाख रुपैया संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो ।
नेपाली बजारमा बिद्युतीय कारको प्रयोग रहेकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीहरुले कोरलानाकाबाट चिनमा बनेको बिद्युतीय सवारी साधनको पैठारी बढाईरहेको पाईएको छ ।ईन्धनको बचत तथा कार्वन उत्सर्जन घटाउन यसप्रकारका बिद्युतीय सवारी साधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारी साधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा बिद्युतीय सवारी साधनको माग बढेको हो ।
हिउँदयामको प्रतिकूल मौसममा समेत चिनबाट धमाधम कोरलानाका हुँदै बिद्युतीय सवारी साधन भित्रिएपछि कोरलानाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाईएको छ । हिउँदयामसंगै ४६१० मिटरको उचाईमा अवस्थित कोरलानाकाको बिहान र बेलुकीको तापक्रम माईनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बावजुद कोरलानाकाबाट बिद्युतीय सवारी साधन नेपाल भित्रिएको उहाँको भनाई छ ।
यहाँ स्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका बिद्युती सवारीलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म दुई थरी चालकहरुले गन्तब्यतर्फ पु¥याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका बिद्युतीय सवारीहरुलाई पोखराबाट अर्को चालक समुहले सम्वन्धित कम्पनीको शोरुमसम्म पु¥याउने गरेका छन् ।
त्यसअघि यहाँ भित्रिने बिद्युतीय सवारी साधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरलानाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् ।
प्रतिकूल मौसमका कारण कोरलानाका बन्द हुने प्रक्षेपण गरिएतापनि चिनतर्फबाट धमाधम मालवस्तु र बिद्युतीय सवारी भित्रिदा कोरलानाकाबाट दुई देश बिचको आयात÷निर्यात चलाएमान भएको हो । नाकाबाट धमाधम बिद्युतीय सवारी भित्रिन थालेपछि यहाँको बेनी—जोमसोम—कोरला सडकमा संञ्चालित बिद्युतीय चार्जिङ स्टेशनहरु व्यस्त छन् ।
हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिकहरु धमाधम बेसी झरिसकेको भएपनि कोरलानाकामा आयोत÷निर्यातको कारोबार घटेको छैन । भन्सार प्रमुख खड्काले बिद्युतीय सवारीका अलावा हालसम्म पनि दैनिक १०÷१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल— चिन निकासी÷ पैठारी भईरहेको जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली