कर्मचारी मिलन केन्द्र मुस्ताङको आयोजना तथा प्रमुख जिल्ला अधिकारी (सिडियो)विष्णुप्रसाद भुसालको सहजीकरण तथा प्रशिक्षणमा मुस्ताङको जोमोममा दैनिक योग ध्यान साधन कार्यक्रम संञ्चालन गरिएको छ ।
स्वस्थ, तनावरहित र उर्जाशील जिवनयापनका लागि मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कभर्डहलमा सोमबारदेखि योग ध्यान साधना कार्यक्रम सुरु गरिएको हो ।
यहाँका कर्मचारी,सुरक्षा निकाय जनप्रतिनिधि,पर्यटन व्यवसायी,युवाक्लव,आमा समुह र स्थानीय नागरिकहरुको शारिरीक स्फूर्ती र तनाव मुक्त जिवनका लागि उर्जाप्रदान गर्ने उद्देश्यसहित योग ध्यान साधना कार्यक्रम आयोजना गरिएको हो । योग ध्यान साधना कार्यक्रम नियमित रुपमा दैनिक बिहान साँढे पाँच बजेदेखि साँढे छ बजेसम्म चल्ने मुस्ताङका प्रजिअ(सिडियो) विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
पुरापूर्व कालमा योगलाई अदृष्य शक्तिसंग जोडिने माध्यमका रुपमा लिने गरिएको सिडियो भुसालले बताउँनुभयो । नियमित रुपमा गरिने योगाभ्यासले मानिसको शारिरीक,मानसिक र सामाजिक चेतनाको विकास र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पु¥याउने सिडियो भुसालको भनाई छ ।
योगाभ्यास मानिसको आत्मा परमात्मासंगको जोडनै योग हो । यो एक प्रकारको अनुभूती र रुपान्तरणको माध्यम हो । यो विभिन्न किसिमका हुन्छन् । जुन याम,नियम,आसन,प्राणायाम,धारणा,ध्यान, समाधी र त्याग मुख्य पर्छन् ।
मुस्ताङ स्थित निलगिरी र धौलागिरी हिमालको छत्रछाँयामा बसेर नियमित ध्यान योग साधना गर्नाले मानिसको जिवनलाई सुखमय दिशाातर्फ उन्मुख गराउने जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले बताउँनुभयो । उहाँले योगाभ्यासले शरिरको सबै अंगहरुलाई चलायमान बनाउने र यसले शारिरीक क्षमताको विकाससंगै मानसिक सन्तुलन कायम राख्न प्रभावकारी भूमिका निभाउँने उल्लेख गर्नुभयो ।
जोमसोममा आयोजित योग कार्यक्रमको पहिलोदिन करिव ५० जना भन्दा बढीको सहभागिता रहेको जनाईएको छ । कार्यक्रममा योगाभ्यासका विभिन्न विधि,पद्यती, प्रक्रियाको अभ्यास गराएको छ । यसका साथै योग अन्तर्गत धार्मिक सांगितिक नृत्यका माध्यमबाट पनि सहभागीहरुलाई योगाभ्यास गराइएको छ ।
समयको उचित व्यवस्थापन गरी निरन्तर योगाभ्यासलाई जोड्न सकिएमा मानिसको स्वास्थ रक्षाका साथै शारिरीक क्षमताको अभिवृद्धि गराउँन टेवा पु¥याउने बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली