मुस्ताङका प्रहरी ईन्सपेक्टर विकको काठमान्डौं सरुवा

जोाससोम—मुस्ताङमा कार्यरत प्रहरी ईन्सपेक्टर मिलनबहादुर विकको काठमान्डौं सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागले प्रहरी ईन्सपेक्टर विकलाई प्रहरी प्रधान कार्यालय विभाग अन्तर्गतको आतंकवाद नियन्त्रण शाखा नक्साल काठमान्डौंमा सरुवा गरेको हो ।

 धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा  पर्यटक तथा नागरिकको शान्ति सुरक्षा तथा विभिन्न सेवा सर्मिर्पत रहेका प्रहरी ईन्सपेक्टर विकले मुस्ताङमा १८ महिना बिताए । मुस्ताङमा कार्यरत ईन्सपेक्टर विकको बिदाई तथा सम्मान कार्यक्रममा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय र प्रहरी निरीक्षक राजन थापा लगायत जिल्ला प्रहरी कार्यालय मुस्ताङको शिङ्गो टिमले हार्दिकताका साथ  बिदाई गरेको छ । बिदाई समारोहको भेरी फेटौला कार्यक्रममा प्रहरी ईन्सपेक्ट बिकले मुस्ताङको १८ महिने बसाई सुखद र अविष्मणीय रहेको बताए ।

प्रहरी सेवा कुनै स्थानमा स्थीर नहुने उल्लेख गर्दै ईन्सपेक्टर विकले मुस्ताङबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

 फेरी फेटौला कार्यक्रममा सरुवा भई काठमान्डौं प्रस्थान गर्न लागेका ईन्सपेक्टर बिकलाई प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले  जोमसोमको कोशेली लेखिएको एक थान स्थानीय उत्पादनको गलैचा हस्तान्तरण गरे ।


प्रतिक्रिया