रातिमा (घाँसा—बेनी ) सडक पूर्ण रुपमा बन्द हुँने

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गत मुस्ताङ थासाङ गाउँपालिका—४ घाँसादेखि म्याग्दीको बेनीसम्मको सडकमार्ग सोमबारदेखि लागु हुने गरी रातीको समयमा सवारी आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा सोमबार (आज) बसेको जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले अर्को सूचना नभएसम्म दैनिक साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म घाँसा—बेनी सडक पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

मुस्ताङ स्थित जिल्ला सुरक्षा समितिको बैठकले मनसुन जन्य प्रभावका कारण बाढी पहिरो र नदी कटानको जोखिम कायमै रहेको उल्लेख गर्दै राष्ट्रिय गौरवको (घाँसा—बेनी¬) सडकमा रातीका समयमा सवारी साधन नचलाउन सार्वजनिक सूचना मार्फत सम्वन्धित पक्षलाई जानकारी गराईएको हो ।

जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मनसुन कायमै रहेकाले सडक जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय गौरवको (घाँसा—बेनी) सडकमा रातीको समयमा सवारी साधन नचलाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिईएको बताउँनुभयो । मनसुन रोकिएको अवस्था र घाँसा—बेनी सडकको अवस्थालाई मध्यनजर गर्दे साविक रुपमा सवारी साधन चलाउन अर्को सूचना जारी नभएसम्म जारी गरिएको कार्यतालिका अनुसार सवारी साधन चलाउन निर्देशन दिईएको बताउँनुभयो ।

 राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डमा कमजोर भूबनोट र निरन्तर वर्षा हुँदा बाढी पहिरो र नदी कटानको जोखिम बढी हुने गर्छ । बर्सेनि बर्खायाममा निरन्तर बाढी पहिरो र नदी कटानले पटक ÷पटक सडक अवरुद्ध हुने गर्छ । यसयाममा पनि घाँसादेखि बेनीसम्मको सडकखण्डमा पटक÷पटक सडक अवरुद्ध हुने गरेको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।



प्रतिक्रिया