हिमाली जिल्ला मुस्ताङमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शुक्रबार यहाँ स्थित घरपझोङ गाउँपालिकामा आयोजित सुरक्षित वैदेशिक रोजगार सम्वन्धी स्थानीय संञ्चारकर्मीहरुसंग गरिएको अन्तरक्रियामा यस्तो बताईएको हो ।
वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन स्रोत केन्द्र गतवर्षदेखि मुस्ताङकोे घरपझोङ गाउँपालिकामा सञ्चालनमा आएको हो । संघीय सशर्त अनुदान अन्तर्गत संञ्चालन हुँदै आईरहेको सामी कार्यकममा वेदेशिक रोजागारमा जाने व्यक्तिहरुलाई सूचना परामर्श दिने गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरी स्थापना गरिएको सुरक्षित आप्रवासन (सामी) स्रोत केन्द्रबाट वैदेशिक रोजगारमा जाने श्रमिक मुस्ताङीहरुलाई गुणस्तरीय सूचनामा पहुँच तथा परामर्श,न्यायमा पहुँच,वित्तीय साक्षरता,सीप विकास , मनोसामाजिक परापर्श सेवाका लागि सहयोग एवं कानुनी परामर्श सेवा लगायतको सेवा प्रवाह गर्दैआईरहेको छ ।
सामी तथा संञ्चारकर्मीसंगको अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै सुरक्षित आप्रवासन (सामी)का कार्यक्रम अधिकृत उमा पौडेलले सामीद्वारा गरिंदै आईरहेका कार्यक्रम तथा क्रियाकलापका विषयमा संञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले मात्रै सुरक्षित आप्रवासन (सामी) स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा स्थापना गरेको कार्यक्रम अधिकृत पौडेलको भनाई छ । मुस्ताङमा सञ्चालन भईरहेको स्रोत केन्द्रमा एक जना सूचना परामर्श कर्ता र अर्को एक जना मनोपरामर्श कर्ता कर्मचारी कार्यरत रहेको उहाँले बताउँनुभयो ।
मुस्ताङमा चालु वर्षको साउनदेखि बैशाखसम्मको १० महिना अवधिमा २१८ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी मुस्ताङमा पछिल्लो ६ वर्षमा एक हजार २५३ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागको प्रतिवेदन अनुसार आव २०७७/०७८ मा ३१ जना, ०७८/०७९मा १२५ जना, ०७९/०८० मा २५५ जना,०८०/०८१ मा ३१४ जना ,०८१/०८२ मा ३१० जना र आव ०८२/०८३ को बैशाखसम्म २१८ जनाले श्रम स्वीकृति प्राप्त गरेको सामीका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिनुभयो ।
मुस्ताङमा साउनदेखि बैशाखसम्म सुरक्षित आप्रवास सोत केन्द्रबाट सूचना तथा मरामर्श लिनेको सख्या ३५१ जना रहेका छन् । घरपझोङमा ९५ जना,थासाङमा ८१ जना,वारागुङमा ७२ जना,लोमान्थाङमा ३९ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ५८ जनाले केन्द्रबाट सूचना तथा परामर्श लिएको सामीका कार्यक्रम अधिकृत पौडेलको भनाई छ । जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने सबै सेवाग्राहीहरुलाई वैदेशिक सहायता सम्वन्धी सूचना तथा परामर्श दिने गरिएको उहाको भनाई छ ।
यसैगरी आप्रवासन स्रोत केन्द्र मुस्ताङबाट कानुनी सहायत र सहजीकरण तथा मनोपरामर्शलिनेको संख्या तीन रहेको छ । वैदेशिक रोजगारमा ठगिएका दुई महिला र एक पुरुषको मुद्धालाई ठगी सम्वन्धी जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सिफारिस गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता