जोमसोम—मुस्ताङमा आत्महत्या दुरुत्साहन अभियोगमा एक युवक पक्राउ परेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी बस्ने २४ वर्षीय युवक रोहन बिकलाई आत्महत्या दुरुत्साहन अभियोगमा मुस्ताङ प्रहरीले पक्राउ गरेको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पुराङ रानीपौवा बस्ने २२ वर्षीय एक युवतील बुधबार साँझ डोरीले पासो लगाएर झुन्डिएर आत्म हत्या गरेकी थिईन् । घटना सम्वन्धमा स्थानीयले जिल्ला प्रहरी कार्यालय मुस्ताङ लाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयको नेतृत्वको प्रहरी टोली बुधबार साँझ पौने ८ बजे घटनास्थलमा पुगेको थियो । घटना स्थलमा पुगेका प्रहरी टोलीले घटनास्थलबाट युवतीको शव मचुल्का पश्चात विहिवार विहान पोष्टमार्टमका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याएको थियो ।
युवती आत्महत्या दुरुत्साहन अभियोगमा पीडित पक्षबाट बिहिबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जाहेरी परेको र घटना सम्वन्धमा एक व्यक्ति पक्राउ परेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । पीडित पक्षले दिएको उजुरीका आधारमा अभियोग लागेका युवकलाई आवश्यक अनुसन्धान कार्य अघि बढाउनका लागि जिल्ला अदालत मुस्ताङमा ८ दिनेको म्याद थप भएको प्रहरी नायव उपरीक्षक पाण्डेयले जनाए ।
मुस्ताङमा आत्महत्या दुरुत्साहन अभियोगको योनै पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । अभियोगमा पक्राउ परेका युवक माथि आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता