‘प्रथम अध्यक्ष कप’ फुटबलको सेमीफाईनल समिकरण पुरा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित फल्याकमा ‘अध्यक्ष कपको रौनक छाएको छ । यहाँको गुरुङ समुदायको परम्परागत धर्मसंस्कृति र रितिरिवाजलाई जर्गेना गर्ने उद्देश्यसहित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोवना तथा सेर्घुङ ल्हुङबुग युथ क्लवको सहआयोजनामा प्रथम अध्यक्ष कप २०८२ संञ्चालन गरिएको हो । 

बिहिबारदेखि सुरु भएको अध्यक्ष कप कार्यक्रम शुक्रबार विभिन्न कार्यक्रमसहित समापन हुनेछ । यहाँ आयोजित गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता परम्परागत तारा खेल, हाईअल्टिच्युड फुटबल  र साहसिक घोडा दौड प्रतियोगिता समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत तारा खेलतर्फ १६ टिमको सहभागिता रहेको छ । हाईअल्टिच्युड खेलकुदतर्फ ११ टिमको सहभागिता रहेको त्यहाँका वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

तारा खेल १५ डोरका आधारमा संञ्चालन गरिएको छ भने हाईअल्टिच्युड फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाईएको वडाध्यक्ष गुरुङले बताउँनुभयो । फुटबलतर्फ कागछोदे गुम्बा विद्यालय,रोयल तेताङ, जनशान्ति माध्यमिक विद्यालय र झोङ युथक्लव सेमी फाईनलमा प्रवेश गरेका छन् । तारा खेल प्रतियोगिता जारी छ ।

प्रतियोगिताको तेस्रो तथा अन्तिमदिन शनिबार घोडा दौड प्रतियोगिता र महिलाहरुका लागि घैटो फुटाउने र डोरी तान्ने खेल प्रतियोगिता हुने आयोजक सेर्घुङ ल्हुङ्बुग युथ क्लवले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत घोडा दौड,तारा खेल र फुटबल लगायतका प्रतियोगिता विजेताहरुलाई आर्कषक नगद पुरस्कारसहित सिल्ड,मेडल ,ट्रफी र प्रमाणद्वारा पुरस्कृति गरिने जनाईएको छ । समून्द्री सतहको झन्डै तीन हजार अग्लो उचाईको वारागुङ—५ फल्याक स्थित खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया