मुस्ताङ प्रशासनले भन्यो,‘ रातिमा सवारी नचलाउनु,पर्यटक पदयात्रामा ननिस्कनु’

मुस्ताङ, १७ ,असोज ।

यहाँ स्थित जिल्ला प्रशासन कार्यालय मुस्ताङले रातिको समयमा सवारी साधन नचलाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भागसहित गण्डकी प्रदेशमा पनि मध्यमदेखि भारी वर्षा र हिमपातको हुनसक्ने प्रक्षेपण गरेकाले राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि सवारी साधन नचलाउन सार्वजनिक अपिल गरेका हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार संम्भावित भारी वर्षा र हिमपातको जोखिम रहेका सडक तथा हवाई यातायात समेत प्रभावित हुने भएको उल्लेख गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउ  अनुरोध गरेको हो । मौसम प्रतिकुलताका कारण हुनसक्ने सम्भावित जोखिम रहेकाले मुस्ताङको घाँसादेखि बेनी र कागबेनीदेखि लोमान्थाङसम्मको सडकमा रातिमा सवारी साधन संञ्चालनमा रोक लगाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले उक्त अवधिभर विदेशी तथा स्वदेशी पर्यटकहरुलाई पदयात्रामा ननिस्कन समेत अनुरोध गरिएको छ ।

वर्षाका कारण हुने जोखिमयुक्त स्थानका बासिन्दाहरुलाई आपत्कालिन अवस्थामा  प्रयोग गर्न मिल्ने सामग्री र औषधि तथा महत्वपूणए कागजात र धनमालसहितको व्यवस्थापन गर्ने झोला तयारी अवस्थामा राख्न , वर्षातको समयमा यातायात व्यवसायीहरुले कालिगण्डकी करिडोर सडक र अन्य ग्रामिण सडकमा चल्ने सवारी साधनलाई सुरक्षित यात्राको सुनिश्चिता हुने गरी सवारी संञ्चालन गर्न हुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।

 यसैगरी वर्षातका कारण हुनसक्ने संम्भावित जोखिम र विपत् प्रतिकार्यका लागि आवश्यक विपद् प्रतिकार्य सामग्रीसहित सबै निकायहरु तयारी अवस्थामा रहन समेत अपिल गरिएकोे छ ।

 यहाँको प्रदेश अस्पताल,स्थानीय तहका स्वास्थ्य केन्द्रहरु,कृषि, भेटेरिनरी,,विद्युत र टेलिफोन सेवा प्रदायक कार्यालयहरु आ—आफ्नो कार्यालय सम्वन्धि सेवाहरु सूचारु भएको एकिन गर्ने तथा विपद् परेमा तत्काल प्रतिकार्यका लागि जनशक्ति र साधनस्रोतको तयारी गर्न गराउन अनुरोध गरिएको छ ।

यस्तै , वर्षातका कारण हुनसक्ने विपद् प्रतिकार्यका लागि जिल्ला स्थित सबै कार्यालय प्रमुख,सुरक्षा निकाय,कर्मचारीहरु मानवीय सहयोगमा जुट्न आग्रह गरिएको छ । यसैगरी विपद् परेको अवस्थमा जिल्ला स्थित रेडक्रस,उद्योग वाणिज्य संघ,गैसस, आमा समुह लगायत निजी क्षेत्र र नागरिक समाजहरु संयुक्त रुपमा जुटेर विपद् कार्यमा सहयोग गर्न अनुरोध गरिएको सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया