जोमसोम—हिमाली जिल्ला मुस्ताङको घरपझोङ—४ जोमसोममा संञ्चालित एक हप्ते हाईअल्टिच्युड शिविरमा झन्डै ५ सय पर्यटक लाभान्वित भएका छ । शिविरमा दुई तिहाई नेपाली र एक तिहाई भारतीय पर्यटकले शिविरमा स्वास्थ्य परीक्षण गराएका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजना तथा प्रदेश प्रहरी अस्पतालका प्राविधिक सहकार्यमा चैत २५ गतेखि एक हप्ते हाईअल्टिच्युड शिविर संञ्चालन गरिएको हो । शिविरको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गमलामा जल सेचन गरी गरी उद्घाटन गरेका थिए । त्यसपछि मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वास्थ्य परीक्षण गरिएको थियो ।
समून्द्री सतहको उच्चउचाईमा आउने दर्शनार्थी तथा पर्यटकलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य शिविर आईतबार समापन भएको जानकारी गराईएको थियो । शिविर समापनमा जोमसोम आयोजित हाईअिल्टच्युड शिविरमा भएको कार्यप्रगती र यहाँका हाईअल्टिच्युड समस्या र चुनौतिका विषयमा प्रदेश प्रहरी अस्पतालका स्वास्थ्य प्राविधिक भुवन विकले प्रस्तुतीकरण गरेका थिए । उनले पर्याप्त पूर्वाधार नभएको र कम स्वास्थ्य जनशक्ति परिचालन हुँदा लक्ष्य अनुसार पर्यटक तथा दर्शनार्थीहरुको स्वास्थ्य परीक्षण गर्न नसकिएको प्रष्ट पारे ।
जिल्ला समन्य समिति मुस्ताङका उपप्रमुख आईतेलाल थकालीले प्रहरी निकायद्वारा आयोजना गरिएको हाईअल्टिच्युड शिविरले सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले यसप्रकारको अभियानमा सबै सरोकारवाला निकायहरुको हातेमालो भएमात्र मुस्ताङ भित्रिने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युड जोखिमबाट मुक्त गर्न सकिने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले राष्ट्र सेवक प्रहरीले आफ्नो भूमिकामा भन्दा बाहिर रहेपनि सामाजिक उत्तरदायित्व बहन गर्ने गरिएको स्वास्थ्य शिविर प्रशंसनीय कार्य भएको बताए ।
जोमसोममा आयोजित हाईअल्टिच्युड शिविरमा प्रदेश प्रहरी अस्पतालबाट मेडिकल अधिकृच मृदुषा श्रेष्ठसहित ३ जनाको टोली मुस्ताङ आएको थियो । प्रहरीको शिविरमा मुस्ताङ अस्पतालले पनि सहयोग पू¥याएको थियो । धावनमार्ग तथा हवाई मार्गबाट मुस्ताङ आएका पर्यटक तथा दर्शनार्थीहरुलाई स्वास्थ्य समस्याका बारेमा सोधपुछ गरी स्वास्थ्य परीक्षण गरिएको थियो ।
पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाईअीलटच्युड जोखिम मुख्य समस्याका रुपमा रहेको छ । पछिल्लो ३ आर्थिक वर्ष २९ जनाले हाईअल्टिच्युड समस्याका कारण ज्यान गुमाईसकेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा ११ जना दर्शनार्थी तथा पर्यटकले यो समस्याका कारण ज्यान गुमाईसकेको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।
समून्द्री सतहको २५ सय मिटर माथिको क्षेत्रमा जाँदा ठाउँठाउँमा विश्राम गर्दै जान पर्ने शिविरमा स्वास्थ्यकर्मीले सुझाएका थिए । त्यसका अलावा शिविरमा पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका समस्या, लक्षण र समाधानका उपायबारे लेखिएको पर्चा पम्प्लेट वितरण गरिएको थियो ।
चैते दशै औसी अघि दैखी चैत मसान्तसम्म झन्डै २० हजार पर्यटक तथा दर्शनार्थीले मुक्तिनाथ दर्शन आएको र मुक्तिनाथमा आउने कसैलाई पनि हाईअल्टिच्युडको समस्या नदेखिएको र कसैको यो समस्याका कारण मृत्यु नभएको मुक्तिनाथ झारकोट प्रहरी चौकीका ईञ्चार्ज सुवास अघिकारीले जानकारी दिए । उनले हाईअल्टिच्युट सचेतना निरन्तर हुन सकेमा कसैले पनि हाईअल्टिच्युडका कारण ज्यान गुमाउन नपर्ने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता