कार्यालय सहयोगीले नै उठाउँछन् मुस्ताङ भन्सारको राजश्व

जोमसोम—चीनसंग सीमाना जोडिएको (नेचुङ—लिजी) कोरला नाकाबाट हुँने ब्यापारिक कारोवारका लागि राजश्व संकलन गर्न उपल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित नेचुङमा भन्सार कार्यालय छ । जोमसोम यही भन्सार कार्यालयको सम्पर्क कार्यालय पनि छ ।

कोरला स्थित नेचुङ—लिजी नाका गत २७ कार्तिकमा औपचारिक रुपले खुल्ला भएसंगै मुस्ताङ भन्सार सक्रिय हुन थालेको हो । उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुल्ला गरिएको यो नाकाबाट दैनिक घरायसी प्रयोजनका दैनिक उपभोग्य सामान,लत्तापकडा,किराना सामाग्री,कस्मेटिक सामान लगायतको आयात गरिन्छ । ४ वर्षसम्म बन्द रहेको योनाका खुलेपछि भन्सारको समेत आशिंक राजश्व संकलन हुन थालेको छ ।

 मुस्ताङ भन्सार कार्यालयका लागि एक जना अधिकृत तहका कर्मचारीसहित कुल ७ जनाको दरबन्दी छ । यद्यपी हाल १ जना नायव सुब्बा,१ जना लेखापाल, १ जना कम्प्यूटर अपरेटर एक जना कार्यालय सहयोग कार्यरत छन् । कार्यरत कर्मचारी भन्सार राजश्व संकलन गर्न नाका खुलेको दिनदेखिनै सक्रिय थिए । तर,अहिले उपल्लो मुस्ताङको कोरला स्थित नेचुङमा चिसो र हिमपातको संम्भावना बढेका त्यहाँ  अहिले १ जना कार्यालय सहयोगी बाहेक अरु कोही बसेका छैनन् । नेचुङका कर्मचारीलाई चिसो र हिमपातको जोखिमका साथै नाकाबाट आर्थिक कारोबार कम हुने भएकाले सदरमुकाम जोमसोममा झारिएको भएपनि भन्सारका कर्मचारी जोमसोमको भन्सार सम्पर्क कार्यालयमा समेत छैनन् ।

पुस लागेसंगै अहिले नेचुङ भन्सार कार्यालय कार्यालय सहयोगीकै जिम्मा लगाईएको छ ।जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाईएको छ । चिसो र आर्थिक कारोवार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् । नेचुङ भन्सार कार्यालयमा रहेका कार्यालय सहयोगी  टसी गुरुङले भन्सार कार्यालय आफु एक्लैले कुरेर बसेको बताए । ‘अहिले नाकाको आर्थिक गतिविधि निकै कम छ, कार्यालयका सरहरु पनि जोमसोम झर्नु भएको छ ,कार्यालय सहयोगी गुरुङले भने,‘ आकल झुक्ल कोही सामान लिएर आए मैलैनै फोन गरेर रसिद काट्छु ।नाकामा अहिले खासै चहल पहल छैन ।’

कार्यालय सहयोगी गुरुङले भने जस्तै मुस्ताङ भन्सारका कर्मचारी पुस महिना लागेसंगै जिल्लाबाहिर छन् ।  भन्सार कुरेर बसेका कार्यालय सहयोगी गुरुङले ३३ हजार रुपैया दुईदिनमा संकलन गरेको जानकारी दिए ।  उनले जिल्लामा किनमेल गर्ने नागरिक बेसी झरेको र स्थानीय व्यापारी समेत आउन छोडेकाले भन्सारमा राजश्व उठ्न नसकेको बताए ।

४ वर्षसम्म बन्द रहेको कोरलानाका खुलेपनि अनिश्चित बन्द भएको सूचना जारी गरिएको छैन । प्रतिकुल मौसम र हिमपातको जोखिम रहेको उपल्लो मुस्ताङमा भन्सारसंगै बिओपीका सुरक्षाकर्मी यथास्थानमा बसेका छन् । तर, भन्सारका कर्मचार एकै चोटी जिल्ला बाहिर बिदामा बस्दा भन्सार कार्यालयको कामकारवाहीमा समस्या निम्त्याउन सक्ने एक स्थानीयले बताए । 


प्रतिक्रिया