घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीयतह र ३६ जिसस सहभागी हुँने

मुस्ताङ,२८ ,भदौ ।

 भदौ ३० गते मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । बढ्दो कार्वन उत्र्सजनका कारण जलवायु परिवर्तनले हिमाल,पहाड र तयारी क्षेत्रका स्थानीय तहहरुमा पु¥याएको असर,प्रभाव र जलवायु अनुकुल लगायतका विषयहरुमा सातै प्रदेशका स्थानीय तहहरुको साझा धारण तय गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहाँसिक रुपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको हो ।

 सम्मेलनको आयोजना मुस्ताङको घरपझोङ गाउँपालिकाले गरेको छ । यसका लागि मुस्ताङका अन्य चार पालिकाहरुले पनि सहयोग पु¥याईरहेका छन् । यसैगरी घरपझोङ गाउँपालिकासंग भगिनी सम्वन्धमा जोडिएका स्थानीय तहहरुले पनि घरपझोङले आयोजना गर्ने जलवायु सम्मेलनलाई साथ दिएका छन् ।

 मंगलबारदेखि सुरु हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा उपस्थितीका लागि ७५३ वटै स्थानीय तहहरुलाई पत्राचार गरिएको थियो । आईतबारसम्म चार सय २० वटा स्थानीय तहले सहभागिता जनाउँने सुनिश्चित भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम कुमार बस्नेतले जानकारी दिनुभयो । यसैगरी सम्मेलनमा सातै प्रदेशका ३६ वटा जिल्ला समन्वय समिति पनि आउने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउँनुभयो । 

 घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२ ,मधेश प्रदेशबाट ५८,बागमती प्रदेशबाट ४६,गण्डकी प्रदेशबाट  ६४,लुम्बिनी प्रदेशबाट ६२ ,कर्णाली प्रदेशबाट ३८ र सुदुर पश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो । योसंख्यामा केही स्थानीय तह थपिएको उहाँले बताउँनुभयो ।

घरपझोङ गाउँपालिका कार्यालयको आईतबार साँझ प्रेषित सूचना अनुसार  ७५३ स्थानीय तह मध्ये  २६२ गाउँपालिका, १५२ नगरपालिका, ५ उपमहानगरपालिका र एकमात्रे विरगञ्ज महानगरपालिकाले सहभागी जनाउने सुनिश्चत भएको छ ।

 यसैगरी मुस्ताङमा आयोजना हुने ऐतिहाँसिक घरपझोङ जलवायु सम्मेलनका लागि सातै प्रदेशका स्थानीय तहहरुलाई घरपझोङ गाउँपालिकाले आवास तथा रात्रीकालिन भोजनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार सम्मेलनमा आउने प्रमुख एवं अध्यक्षसहितका अतिथिहरुको व्यवस्थापनका लागि होटल व्यवस्थापन कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भिम कुमार बस्नेतले उल्लेख गर्नुभयो ।

 जलवायु परिवर्तन सम्मेलनका लागि घरपझोङ गाउँपालिकाले बाँसस्थान र पार्किङ स्थल तोकेको छ भने उहाँहरुका लागि सम्पर्क व्यक्ति पनि तोकिएको छ ।  गाउँपालिकाको सूचना अनुसार कोशी प्रदेश र सुदुर पञ्चिम प्रदेशका लागि मुस्ताङको घरपझोङ—२ मार्फामा बाँसस्थान तोकिएको छ । लुम्बिनी प्रदेशका स्थानीय तहलाई घरपझोङ—१ छैरो,प्रधेश प्रदेशका स्थानीय तहलाई घरपझोङ—४ जोमसोम,कर्णाली प्रदेशका स्थानीय तहलाई घरपझोङ—५ ठिनी, गण्डकी प्रदेशका स्थानीय तहलाई घरपझोङ—३ पुथाङ एयरपोर्ट र बाग्मती प्रदेशका स्थानीय तह,जलवायु विज्ञ,समन्वय प्रमुखहरु र प्रमुख अतिथि लगायतको बाँसस्थानका लागि घरपझोङ—३ स्याङ गाउँका होटलमा व्यवस्था मिलाईएको छ ।

 सम्मेलनमा आउने स्थानीय तहका अतिथिहरुमा स्वास्थ्यमा समस्या देखिएमा गाउँपालिका भित्रका अस्पताल,स्वास्थ्य चौकी लगायत गरी करिव एक दर्जन स्वास्थ्यकर्मी परिचालित गरिंदै छ । घरपझोङ गाउँपालिकाका अनुसार सम्मेलनमा करिव सातै प्रदेशका स्थानीय तहहरुबाट करिव एक हजार ३७७ बढी अतिथिहरु मुस्ताङ आउने अनुमान गरिएको छ ।

 घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मंगलबारदेखि सुरु हुने जलवायु सम्मेलन तयारी करिव करिव अन्तिम चरणमा पुगिसकेको बताउँनुभयो । सम्मेलनका लागि मञ्च सजावट, जलवायु सम्मेलन स्थलको सुरक्षा,स्टल निर्माण,भोजन व्यवस्थापन, सरसफाई ,ट्राफिक व्यवस्थापन, बजार सौन्र्दयीकरण, शान्ति सुरक्षा,खानेपानी,शौचालय, होटल व्यवस्थापन,अतिथि सत्कार लगायतका कार्यहरु सम्पन्न भईरहेको छ ।

 मुस्ताङमा आयोजना हुने जलवायु परिवर्तन सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुखसहित नगरपालिका र गाउँपालिका महासंघका प्रतिनिधिहरु उपस्थित हुने जनाईएको छ । यस्तै, सम्मेलनमा जलवायुसंग सम्वन्धिच विभिन्न राष्ट्रिय तथा अन्तिराष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी हुने गाउँपालिकाले जनाएको छ ।

 सम्मेलनको संघीय कृषि ,वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरीबाट समुद्घाटन गर्ने कार्यक्रम रहेको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिको रुपमा सम्मेलनमा सहभागी हुने जनाईएको छ । सम्मेलनले ऐतिहाँसिक घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझ घोषणापत्र जारी गर्नेछ ।


प्रतिक्रिया