मुस्ताङमा यसवर्ष अनुकुल मौसममा हिउँ परेका कारण यहाँका किसानलाई अन्नबाली सप्रिने आशा गरेका छन् । यसवर्ष अनुकुल समयमा हिउँ परेकाले यहाँका किसानमा उत्साह पलाएको हो ।
मुस्ताङमा लगातार तीन वर्षदेखि राम्ररी हिउँ पर्न सकेको थिएन । यसवर्ष भने हिउँदयाम प्रारम्भ भएसंगै गत कार्ति १० गते पहिलो हिमपात भएको थियो । जारी सिजन माथिल्लो मुस्ताङमा चार पटक र तल्लो मुस्ताङमा तीन पटकसम्म हिमपात भएको थियो । यहाँ स्थित वारागुङ—४ कागबेनी र मुक्तिनाथ क्षेत्रसहित माथिल्लो मुस्ताङ क्षेत्रमा भारी हिमपात भएको थियो । जोमसोमदेखि तल्लो क्षेत्रमा भने वस्तीदेखि माथिका उच्चलेंकमा आशिंक हिमपात भएको थियो ।
विगतका वर्षहरुमा अनुकुल समयमा हिउँ नपर्दा यहाँका किसान चिन्तित थिए । स्याउ लगायत यहाँ उत्पादन हुने शितोष्ण फलफूल तथा तरकारी अनुकुल मौसममा हिउँ नपर्दा फलफूल तथा अन्नबाली सप्रिन पाएको थिएन । यहाँ उत्पादन हुने रैथानेबाली उवा,जौ,फापर,जौ,मकै, सिमी र आलु लगायतका अन्नबालीमा हिउँ नपर्दा विभिन्न रोगकिराहरुको संक्रमण देखिएको थियो । मुस्ताङका किसानले हिउँ नपर्दा शाखानदी र कालिगण्डकी नदीको पानीकै भरमा खेतबारीमा सिचाईको व्यवस्था मिलाएका थिए । हिमाली क्षेत्रमा उत्पादन हुने स्याउ लगायतका अन्नबालीहरुलाई शाखानदी र कालिगण्डकी नदीको पानीले सिचाई गर्नुभन्दा हिउँदयाममा प्राकृतिक हिउँले खेतबारी सिञ्चित गर्दा निकै फाईदा पुग्छ । तर, यहाँ लगातार तीन वर्षसम्म हिउँ नपर्दा स्याउ लगायतका अन्नबाली उत्पादनमा निकै ठुलो ह्रास आएको थियो ।
मुस्ताङमा यसवर्ष स्याउको फूल फूल्दै गर्ने सिजनमा हिउँ परेकाले यहाँका किसानलाई निकै ठुलो फाईदा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन ईकाई मुस्ताङका प्रमुख भरत गौतमले जानकारी दिनुभयो । अनुकुल समयम परेको हिउँले स्याउ लगायतका अन्बाली उत्पादन हुने जमिनलाई आवश्यक चिस्यानको मात्रा पुरा गर्ने भएकाले यहाँका किसानमा खुसीयाली पलाएको प्रमुख गौतमको भनाई छ ।
हिउँले जमिनको माटोलाई स्वस्थ र जिवन्त राख्न योगदान दिने भएकाले सिचाईका लागि हिउँदयाममा परेको हिउँ किसानका लागि बरदान सावित हुने प्रमुख गौतमले उल्लेख गर्नुभयो । अनुकुल समयमा परेको हिउँले स्याउ लगायतका शीतोष्ण फूलफूलहरुमा फूल फूल्न मद्यत गर्ने र यसले फल सेटिङमा समेत राम्रो हुने उहाँले उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा केही वर्षयता अनुकुल समयमा हिउँ नपर्दा यहाँका किसानलाई सिचाई व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको थियो । मुस्ताङको फल्याक र धार्काजुङ लगायतका केही गाउँमा हिउँ नपर्दा सिचाईका लागि पानीको स्रोत समेत सुक्दै गईरहेको थियो । लोघेकर दामोदरकुण्ड —१ चराङका स्याउ किसान टै ढिन्डुक ठकुरीले यसपालि पर्याप्त मात्रामा हिउँ परेकाले किसानलाई निकै ठुलो राहत पुगेको बताउँनुभयो ।
हिउँदयामा मौसममा स्याउ बगैचा व्यवस्थान तथा काँटछाट गर्ने समयमा परेको हिउँले किसानको अन्नबाली र स्याउ उत्पादन क्षमतालाई बढावा गर्ने भएकाले हिउँदयामको अनुकुल समय हिउँ पर्नुपर्ने बताउँनुभयो ।‘यसपालि हामी किसान निकै खुसी छौ, यहाँ तीन चार पटक राम्रो हिउँ प¥यो, किसान ठकुरीले भन्नुभयो, हिउँदयामको हिउँले खेतीयोग्य जमिनको उर्वराशक्ति वृद्धि गर्ने मात्रै होईन,यसले स्याउ लगायतका अन्नबालीमा लाग्ने विभिन्न सक्रमणहरु न्यूनिकरण गर्छ, यसैले यस सिजनको हिउँले यहाँको फलफूल तथा अन्नबालीलाई उत्पादनमा टेवा पु¥याउँछ भन्ने ठानेका छौं ।’
मुस्ताङमा जलवायु परिवर्तनका कारण असमान प्रकारको हिमपात हुने गरेको पाईएको छ । कुनै वर्ष भारी हिमपात हुने ,कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष हिउँ नपर्ने जस्ता प्राकृतिक समस्याहरु देखिन थालेका छन् । जलवायु परिवर्तका कारण मौसमी तापमान वृद्धिसंगै यहाँको स्याउ खेतीले बसाई सार्न थालेको छ । यहाँका किसानले जलवायु संकटको समस्या झेल्दै आईरहेपनि यसवर्षको हिउँले किसानमा आशाको संञ्चार पलाएको घरपझोङ—४ जोमसोमका किसान अजित थकालीले बताउँनुभयो । ‘तल्लो क्षेत्रमा पनि माथिल्लो भेंकको जस्तै हिउँ पर्नु पथ्र्यो,तर परेन ,किसान थकालीले भने, तैपनी तल्लो क्षेत्रमा सामान्य वर्षा र हिमपात भएकाले केही मात्रामा स्याउ लगायतका अन्नबालीले फाईदा पुगेको छ ।’
यसैगरी घरपझोङका अर्का किसान भुपेन्द्र शेरचनले हिउँदयाममा स्याउबालीको स्याहार गर्ने बेलामा परेको हिउँले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज गर्ने भएकाले सिचाईका लागि हिउँ उपयुक्त बरदान भएको बताउँनुभयो । हिउँदयाममा परेको हिउँ अन्नबालीमा लाग्ने रोगकिरा नियन्त्रण गर्न अर्गानिक विषादीको काम गर्ने भएकाले किसानको उत्पादन वृद्धि हुने अपेक्षा गर्नुभयो ।
मुस्ताङमा अनुकुल समयमा हिउँ नपर्दा यसवर्ष स्याउ ८ दशमलव ९७ प्रतिशतले उत्पादनमा ह्रास आएको थियो । मुस्ताङमा चालु वर्ष ९९ करोड २१ लाख बराबरको स्याउ जिल्ला बाहिर निर्यात भएको थियो ।
मुस्ताङका पाँच स्थानीय तहमा गरी कुल ८९९ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउ बोटले उत्पादन दिने गरेको छ । यहाँ स्थानीय जातका स्याउमा रेड डेलिसियस, फुजी लगायतका र हाइब्रिड स्याउतर्फ गाला, रेड डेलिसियस, किङ्गरोट लगायतका स्याउ उत्पादन हुने गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता