मुस्ताङका सरकारी कार्यालयलाई ९२ करोड निकासा

जोमसोम ।

यहाँको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले आ.व. २०८२÷०८३ मा विनियोजित बजेटको (२५.४७) प्रतिशत बजेट निकासा गरेको छ । संघ÷प्रदेश र स्थानीय तहलाई ३ अर्व ६२ करोड ५२ लाख बिनियोजन भएकोमा ९२ करोड ३६ लाख निकासा गरिएको हो ।

यहाँका २३ वटा संघीय कार्यालय र पाँच स्थानीय तहलाई चालु आ.व. २०८२÷०८३ मा विनियोजित कुल बजेटको प्रथम चौमासिकमा २८ प्रतिशत बजेट निकासा गरेको छ । यसैगरी प्रदेशतर्फका १२ वटा कार्यालय र स्थानीय तहका लागि चालु आ.व.को कुल बजेट मध्ये प्रथम चौमासिक खर्च वापत १४ प्रतिशत बजेट निकासा गरिएको छ ।

चालु आ.व.का लागि मुस्ताङका संघीय कार्यालय तथा स्थानीय तहका लागि २ अर्व ८८ करोड ५ लाख बजेट विनियोजन भएकोमा पहिलो चौमासिकको साउनदेखि कार्तिक महिनासम्ममा कोलेनिका कार्यालय मुस्ताङले ८१ करोड ९१ लाख बजेट निकासा गरेको कोष नियन्त्रक  शालिक राम सापकोटाले जानकारी दिनुभयो ।

कोष नियन्त्रक सापकोटाका अनुसार संघीय चालुतर्फ २ अर्व १० करोड ६४ लाख विनियोजन भएकोमा प्रथम चौमासिक खर्च वापत ५८ करोड ८४ लाख अर्थात २८ प्रतिशत बजेट निकासा पठाईएको हो । संघीय पुँजिगततर्फ ७७ करोड ४१ लाख बजेट विनियोजन भएकोमा २३ करोड ७ लाख अर्थात  ३० प्रतिशत बजेट निकासा गरिएको कोष नियन्त्रक सापकोटाले उल्लेख गर्नुभयो ।

यसैगरी प्रादेशिक कार्यालयतर्फ चालु आ.व. २०८२÷०८३ का लागि बिनियोजित कुल बजेट ७४ करोड ४७ लाख मध्ये पहिलो चौमासिकमा १० करोड ४५ लाख बजेट निकासा गरेको कोष नियन्त्रक शालिक राम सापकोटाले जानकारी दिनुभयो ।

कोष नियन्त्रक सापकोटाका अनुसार प्रदेश चालुतर्फ ३५ करोड ६२ लाख विनियोजन भएकोमा ४ करोड ७१ लाख अर्थात १३ प्रतिशत बजेट निकासा गरिएको छ । यसैगरी प्रदेश पुँजिगततर्फ ३८ करोड ८५ लाख बजेट विनियोजन भएकोमा ५ करोड ७४ लाख अर्थात १५ प्रतिशत बजेट निकासा गरिएको हो ।

यसैगरी यहाँका पाँच स्थानीय तहले चालु आ.व. २०८२÷०८३ का लागि विनियोजित  ९० करोड २४ लाख बजेट बिनियोजन भएकोमा पहिलो चौमासिकसम्म ३३ करोड ४२ लाख अर्थात कुल बजेटको (३३.०३) प्रतिशत बजेट निकासा लगेको कोष नियन्त्रक सापकोटाले जानकारी दिनुभयो । 

जसअन्तर्गत यहाँको थासाङ गाउँपालिकाले २१ करोड ४८ लाख बजेटमा ६ करोड ९१ लाख,घरपझोङ गाउँपालिकाले १९ करोड २५ लाख बजेटमा ९ करोड २२ लाख,वारागुङ मुक्तिक्षेत्रले १८ करोड ६५ लाख बजेटमा ६ करोड २४ लाख, लोघेकर दामोदरकुण्डले १५ करोड ४४ लाख बजेटमा ५ करोड ५४ लाख र लोमान्थाङ गाउँपालिकाले १५ करोड ४२ लाख बजेटमा ५ करोड ५१ लाख बजेट निकासा लगेको कोष नियन्त्रक सापकोटाले जानकारी दिनुभयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले यहाँका स्थानीय तहले निकासा लगेको बजेट संघीय बित्तिय समानिकरणका बजेट ५० प्रतिशत र संघीय शसर्त,विशेष र समपुरक बजेट ५० प्रतिशतको औसतमा निकासा लगेका हुन् ।

यसैगरी प्रदेश बजेट कम खर्च हुनुमा यहाँका केही कार्यालय मर्ज हुन थालेकाले बजेट खर्च हुन नसकेको हो ।


प्रतिक्रिया