मुस्ताङको पर्यटन क्षेत्रमा बग्रेल्ती समस्या र चुनौति

  • मुस्ताङमा पर्यटक संख्या वर्षेनि बढ्दै जाँदा पर्यटन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष।
  • पर्यटन प्रवर्द्धनभन्दा अब व्यवस्थापन र गुणस्तर सुधार मा जोड दिनुपर्ने सरोकारवालाको धारणा।
  • पिक सिजनमा हालको होटल तथा पूर्वाधारले पर्यटक भार थेग्न नसक्ने अवस्था।
  • ग्रामीण होमस्टे विस्तार र नयाँ पर्यटकीय गन्तव्य विकास आवश्यक रहेको सुझाव।
  • फोहोरमैला व्यवस्थापन, पदमार्ग मर्मत र साइनपोस्टिङ सुधार गर्नुपर्ने माग।
  • हाईअल्टिच्युडका कारण हुने “लेक लाग्ने” जोखिम न्यूनीकरणमा तयारी कमजोर रहेको चर्चा।
  • जलवायु परिवर्तनका असर—बाढी, पहिरो, हिमपात—ले पर्यटन क्षेत्रमा जोखिम बढाएको चिन्ता।
  • निषेधित क्षेत्र तथा एक्याप शुल्कको उचित हिस्सा स्थानीय तहमा नपुगेको गुनासो।
  • छुसाङ–पा–ताङ्ग्या पदमार्ग जीर्ण र जोखिमपूर्ण बन्दै गएको भन्दै स्तरोन्नतिको माग।
  • पर्यटक व्यवस्थापन तथा सहजीकरणका लागि चाँडै पर्यटन व्यवस्थापन उपसमिति गठन गरिने।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो समय पर्यटन क्षेत्रमा बग्रेल्ती समस्या चुनौति रहेको यहाँका सरोकारवालाहरुले बताएका छन् ।राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा बिहिबार आयोजित पर्यटन सम्वन्धि सरोकारवाला गोष्ठिमा यस्तो बताईएको हो ।

यहाँका पर्यटनसंग आवद्ध संघसंस्था,पर्यटन व्यवसायी,जनप्रतिनिधि,सुरक्षा निकाय,जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि र पत्रकार लगायतको उपस्थिती भएको पर्यटन बिचार गोष्ठिमा जिल्लाको समग्र पर्यटन सम्वन्धि भएगरेका कार्य र पर्यटन व्यवस्थापन र चुनौति लगायतका बिषयमा बृहत रुपमा मन्थन गरिएको हो ।

धार्मिक तथा पर्यटकीय जिल्ला भौगोलिक,जैविक,सांस्कृतिक र धार्मिक दृष्टिकोणले मुस्ताङ जिल्लामा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भईरहेकाले पर्यटन व्यवस्थापन चुनौति बनेको बहुसरोकारवालाहरुले उल्लेख गरेका छन् । मुस्ताङको पर्यटकीय केन्द्र स्थापित भईसकेकाले पर्यटन प्र्रवद्र्धन भन्दा पर्यटन व्यवस्थापन र गुणस्तर सुधारको योजनालाई प्र्राथमिकतामा राखिने पर्ने उल्लेख गरिएको छ । पर्यटकीय याममा यहाँ आएका पर्यटकहरुले आवासको सहज सुविधा प्राप्त गर्ने नसक्ने अवस्थामा रहेकोमा पर्यटक लक्षित होटलको व्यवस्थापन र पर्यटनमैत्री पूर्वाधार निर्माणतर्फ जोड दिनुपर्ने पर्यटन गोष्ठिमा व्यक्त गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले पर्यटन पिक आवरमा यहाँको पर्यटन पूर्वाधारले भार थेग्न नसक्ने अवस्था रहेको बताउँनुभयो । ‘बर्सेनि पर्यटकको संख्या वृद्धि हुँदैछ, हामी साविककै पूर्वाधारमा व्यवस्थापन गरिहेका छौं,अध्यक्ष गुरुङले भने, पर्यटक ओभर लोड समयका कसरी व्यवस्थापन गर्ने पाटोमा सजगता अपनाउन आवश्यक देखिन्छ, यसका लागि अहिलेनै व्यवस्थापनको पूर्व तयारी आवश्यकता रहेको छ ।’

 मुस्ताङको पर्यटन भार क्षमतालाई सहज तुल्याउन ग्रामिण होमस्टेका स्थापना र विकासका साथै पर्यटकीय गन्तब्यहरुको प्रवद्र्धन र विकास गरिनुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

 गाउँपालिका अध्यक्ष गुरुङले अन्नपूर्ण संरक्षित क्षेत्रमा संकलन गरिने प्रवेश शुल्क र निषेधित क्षेत्रमा सरकारले उठाउने पर्यटन शुल्कको हिस्सा समुचित स्थानमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।

पर्यटन गोष्ठिमा फोहोरमैलाको समुचित व्यस्थापन,पदमार्गकहरुको स्तरोन्नति तथा मर्मत सुधार,हाईअल्टिच्युडका कारण लेंक लाग्ने जोखिम न्यूनिकरणमा देखिएका समस्या,पदमार्ग साईन पोष्टिङ, पर्यटनलाई विपद बेला आईपर्ने समस्या,न्यूनिकरण तथा विपद् प्रतिकार्यको पूर्व तयारी, पर्यटन आतिथ्यता, होटल बर्गीकरण तथा प्रमाणिकरण र निषेधित क्षेत्रमा जाने पर्यटकको दैनिक शुल्क कार्यान्वयनको स्थान लगायतका विविधि बिषयमा ब्यापक बिमर्श गरिएको एक्याप प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण हुने बाढी,पहिरो,वर्षा र हिमपात लगायतले पर्यटन क्षेत्रमा पार्ने सक्ने प्रभाव र  प्रतिकार्यको ठोस नीति अख्तियारी गनुपर्ने आवाज उठेको प्रमुख गुप्तको भनाई छ ।

उपल्लो मुस्ताङको वदयात्रा गर्ने विदेशी पर्यटकहरुका लागि वारागुङ—३ छुसाङदेखि पा हुँदै लोघेकर दामोदरकुण्डको ताङ्ग्या जोड्ने पदमार्ग जोखिम र जीर्ण बन्दै गईरहेकाले त्यसको मर्मत तथा स्तरोन्नतिमा चाँसो दिईनुपर्ने सरोकारवालाहरुले आवाज उठाएका प्रमुख गुप्तको भनाई छ । प्रमुख गुप्तले चाँडैनै मुस्ताङ भ्रमण गर्ने पर्यटकको व्यवस्थापन तथासहजीकरणका लागि पर्यटन व्यवस्थापन उपसमिति समेत गठन गरिने बताउँनुभयो ।———

९८४६०६८०१९


प्रतिक्रिया