मुस्ताङको नुन खानी ३ दशकदेखि उपयोगविहिन


जोमसोम—हिमाली जिल्ला मुस्ताङका विभिन्न स्थानमा खनिज तथा खानीहरु उत्खनन्को प्रचुर सम्भावना रहेको विभिन्न समयमा गरिएको अध्ययनले देखाउँदछ । उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम ,वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथमा ग्यास र घरपझोङ—५ को ठिनी लेंकमा कोईला खानी  जस्तै वारागुङ मुक्तिक्षेत्र—३ तेताङ स्थित नरसिंह खोला विशाल पहाडको फेंदमा नुन खानी रहेको देखिन्छ । तर, विभिन्न समयमा गरिएको अध्ययन अनुसन्धानमा मुस्ताङमा खनिज तथा खानीहरुको संम्भावना रहेपनि सरकारले त्यसको उत्खनन् गर्नेतर्फ ध्यान जान सकेको छैन ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि करिव ३० किमी दुरीमा अवस्थित तेताङ स्थित नरसिंह खोला पहाडको फेंदमा अवस्थित नुन खानी  उत्खनन्को पखाईमा छ । नुन खानीका लागि सरकारले विभिन्न समयमा गरिएका प्रयासहरु समेत सफल हुन सकेको छैन ।सघियता कार्यान्वयनसंगै २०७४ सालमा खानी तथा भूर्गव विभागका प्राविधिक ईन्जिनीयरसहितको टोलीले उक्त क्षेत्रमा पुगेर नुन खानीको प्रारम्भिक अध्ययन अनुसन्धान सुरु गरेको थियो । त्यसबेला गरिएको प्राविधिक सोडियम परीक्षणबाट ७०.२८ प्रतिशतदेखि ९३.७ प्रतिशतसम्म सोडियम क्लोराईड रहेको पुष्टि गरिएको थियो । विभागले त्यसबेला गरेको सर्वेक्षणपछि २०७७ सालमा विभागले तेताङ पहाडको खोंचमा उत्पती भएको प्राकृतिक नुन खानीलाई प्रयोगमा ल्याउने उद्देश्यले नुन खानी खोतल्न विभिन्न कम्पनीहरुरुलाई प्रस्ताव आह्वान ग¥यो । त्यसबेला विभागले प्रस्ताव आह्वान गरेपनि कुनै पनि कम्पनीले ईच्छ्या जाहेर गरेन् । त्यसयता भने मुस्ताङमा तेताङ नुन खानीको चर्चा हराउँदै गयो । सरकारी त्यसपछि तेताङ नुन खून उत्खनन गर्ने तर्फ कुनै चाँसो दिएन ।
उत्तरी चीन जोड्ने (जोमसोम —कोरला)सडक खण्ड अन्तर्गत छुसाङ स्थित नरसिंह खोलाको अग्लो पहाडको खोंचमा प्राकृतिक रुपमा उत्पती भईरहेको नुन खानी विद्यमान छ । छुसाङबाटै नरसिंह खोला पैदलै पदल वा छुसाङदेखि तेताङसम्म २ किमी सवारी साधनको यात्रा गरेर तेताङ पुगेपछि पून नरसिंह खोल झर्नुपछि । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ तेताङबाट करिव ३ किमी दुरीमा पैदल हिडेपछि नुन खानी स्थलमा पुग्न सकिन्छ । नरसिंह खोलाको दुई ठुला ठुला विशाल पहाडको खोंच हुँदै करिव आधा दर्जन घुम्ती पार गरेपछि नुन खानीमा पुग्न सकिन्छ । हिउँदयामा चिसोका कारण खोलाको पानी चिसो हुने र बर्खायाममा खोलामा पानीको सतह ठुलो हुने भएकाले नुन खानी स्थलमा पुग्न जो कोहीलाई निकै अप्ठ्यारो र समस्या पर्ने गर्छ । यद्यपी नुन खानी स्थलको अवलोकन गर्ने उपयुक्त समय बैशाख र जेठमा उपयुक्त हुन्छ ।
 मुस्ताङको वारागुङ—३ तेताङ स्थित नरसिंह खोलाको विशाल अग्ला अग्ला केही पहाडको फेंदको प्वालहरुबाट प्राकृतिक रुपमा उत्पती भएका नुुन पानी बगिरहेको देखिन्छ । संिदयौं वर्षदेखि प्राकृतिक रुपमा खेर गईरहेको उक्त नुन खानीबाट कुनै बेला नुन उत्खनन् गर्ने गरिन्थ्यो । बजारिया आयो नुनको प्रयोग हुन अघि त्यहाँ नुन उत्पादन गर्ने गरिन्थ्यो । वारागुङ मुक्तिक्षेत्र—३ का वडासदस्य धवा गुरुङका अनुसार नरसिंह खोलाको पहाडको फेंदबाट उत्पादन हुने नुन मुस्ताङको साविक ६ वटा गाउँहरुले प्रयोग गर्ने गरेको सुनाए । उनका अनुसार नुन खानीको नुनिलो पानीलाई स्थानीय प्रविधि अपनाएर ठिक्के नुन तयार गर्ने र उक्त नुन तेताङ,छुसाङ,चैले,समर,घ्याकर र ताङ्वे गाउँमा पू¥याउने गरेको बताए । ‘बजारिया आयो नुन प्रयोग आउनु अघि हामीले त्यही नरसिंह खोला पहाडको नुनिलो पानीलाई ठिक्के नुन बनाएर मानिस र पशुचौपायालाई खुवाउने गरिन्थ्यो,वडासदस्य गुरुङले भने,‘ पछिल्लो ३ दशक यता नुन बनाउने मान्छे पनि छैन, बजारिया नुन आएपछि त्यसप्रति स्थानीयले वास्ता गर्ननै छाडे ।’ वडासदस्य गुरुङले आफु अहिले ४९ वर्ष पुगेको र २० वर्षको उमेर हुँदा सम्म त्यहीको नुन खाने गरेको जानकारी दिए ।
मुस्ताङको नरसिंह खोला पहाडको फेंदको प्वालमा रसिएको नुनिलो पानी ३० को दशक अघि तेताङका स्थानीय धुली गुरुङले घरेलु प्रविधि अपनाएर ठिक्के नुन उत्पादन गर्ने गथ्र्ये । स्थानीय धुली गुरुङ बाजे बितेपछि भने त्यहाँको नुन त्यसै खेर गईरहेको छ। पहाडको फेदमा प्वालबाट बगेको नुन पानीलाई कुण्ड कुण्ड बनाएर त्यसबेला ढिक्के नुन तयारी गर्ने गरिन्थ्यो । यसरी नुन तयारी गर्दा कुण्ड कुण्डको नुनिलो पानीलाई स्थानीय प्रविधि अपनाएर प्रशोधन गरी ढिक्के नुन बनाईन्थ्यो । तर, नुन बनाउने स्थानीय धुली गुरुङ बाजेपछि अहिलेसम्म त्यहाँबाट नुन निकाल्न छोडेको वडासदस्य गुरुङको भनाई छ । धुली बाजेले बर्खायाममा ३ महिनासम्म त्यही बसेर नुन निकाल्ने गरेको वडासदस्य गुरुङको भनाई छ ।
 
मुस्ताङको प्राकृतिक रुपमा पहाडको फेंदबाट उत्पती भइरहेको नुनिलो पानीलाई ५० वर्षअघि थासाङ—१ टुकुेचका शंकरमान शेरचन सुब्बाले उत्खनन गर्ने गरेको तेताङका ७३ वर्षीय थर्चेन गुरुङले जानकारी दिए । सुब्बा शंंकरमानले नुन खानीको पानीलाई ठिके नुन बनाएर बिक्री वितरण गर्ने गरेको थर्चेनको भनाई छ । शंकरमानले तेताङको नुन खानीबाट ठिक्के नुन बनाएर मुस्ताङसहित पर्वत,बाग्लुङ,म्याग्दी लगायतका स्थानमा पू¥याउने गरेको ७३ वर्षीय थर्चेनको भनाई छ ।
 मुस्ताङको नरसिंह खोलाको किनारामा पहाडबाट निस्किएको नुनिलो पानी आउने ४ वटा छिद्रछिद्र प्वालहरु छन् । जुन प्वालहरुबाट निरन्तर नुनिलो पानी बगिरहेको मुहान छ । २०७५ सालमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले त्यहाँको नुनिलो पानी आउने नुन खानीलाई पर्यटक हबको रुपमा विकास गर्ने पहल ग¥यो । तत्कालिन गापा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बजेट विनियाजन गरेर नुन खानी स्थलमा प्रसादको रुपमा उपयोग गर्ने हेतुले नुन संकलन गर्ने ३ वटा पोखरी निर्माण गरेका थिए । नुन पानी बग्ने कुण्डबाट ड्याम बनाएर पाईपलाईन मार्फत पोखरीमा नुन पानी संकलन गरिएको थियो । तर, गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना पनि बाढीले क्षति बनाईसकेको छ । त्यसपछि भने नुनको भण्डार रहेको त्यहाँको नुन खानीलाई संरक्षण गर्ने र उत्खनन् गर्नेतर्फ राज्यका ३ तहको सरकार बेखबर जस्तै भईरहेको छ ।
 पछिल्लो समय मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको नुन खानीको अवलोकन गर्ने र त्यहाँको नुन खानी उत्पतीका बिषयमा सोधपुछ गरी चाँसो राख्ने गरेको पाईएको छ । राष्ट्रिय राजमार्ग सडकको नजिकै पर्ने भएपनि राज्यले मुस्ताङको खेर गईरहेको नुन खानीलाई सदुपयोगमा ल्याउन सकेको छैन । सरकारले मुस्ताङको नुन खानीलाई ठुलै बजेट खर्चिएर मेगा प्रोजेटको रुपमा कार्यान्वयनमा ल्याउन सकेमा त्यहाँको नुन खानीले विदेशबाट आयात हुने नुन मात्रालाई केही हदसम्म न्यूनिकरण गर्न सकिने स्थानीयबासीको भनाई छ ।



प्रतिक्रिया