५१ औं थाक खेलकुद २०८१ मा पुरस्कारको रकम बढ्यो (कुन खेलमा कति ?)

(कुन खेलमा कति ?)

जोमसोम— ५१ औं संस्करणको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ को पुरस्कार राशी अपेक्षाकृत वृद्धि गरिएको छ । यसअघिको ५० औं संस्करण भन्दा यसपटक आयोजना हुने नगद पुरस्कार राशीमा भारी मात्रामा वृद्धि गरिएको हो ।

मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजना तथा मिलिजुली युवाक्लवको सहआयोजनाम असोज ५,६ र ७ गते मार्फा स्थित खेलमैदानमा थाक खेलकुद कार्यक्रम संञ्चालन गर्ने अन्तिम तयारी गरिएको छ । संघले ५१ औं संस्करणको पुरुष भलिबलतर्फको च्याम्पियनलाई प्रदान गरिने पुरस्कार वृद्धि गरी १ लाख ५० हजार पु¥याएको छ । उपविजेतले  एक लाख पाउँने छ । भलिबलको सर्वोउत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउँने छ ।

खुल्ला महिला भलिबलतर्फको च्याम्पियनले नगद १ लाख र उपविजेताले नगद७५ हजार पुरस्कार पाउने छ । सर्वोउत्कृष्ट महिला भलिबल खेलाडीले पनि ५ हजार पुरस्कार पाउने छ ।

थाक खेलकुद अन्तर्गत आर्चरी च्याम्पियनले नगद ५० हजार र उपविजेताले ३५ हजार पुरस्कार पाउने छ । यस्तै स्थानीय सादा धनुुषवाण प्रतियोगिता (तारा) खेलको च्याम्पियनले ५० हजार र उपविजेताले नगद ३५ हजार पुरस्कार पाउने जनाईएको छ ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिताको प्रथमले ३५ हजार, र द्धितीयले २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । सांस्कृतिक कार्यक्रमतर्फ उत्कृष्ट कलाकार पुरुष र महिलालाई जनही ५ हजारको दरले पुरस्कार प्रदान गरिने छ ।

खुल्ला प्रतिभा प्रस्फुटनको उत्कृष्टले नगद १० हजार, उत्कृष्ट थकाली गित रचनाकारलाई १० हजार, उत्कृष्ट मार्चपासलाई १० हजार, उत्कृष्ट अनुशासित टिमलाई १० हजार र उत्कृष्ट पोशाकलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

 यसपटक ५१ थाक खेलकुदमा  जनहित क्लव जोमसोम र जनकल्याण क्लव स्याङ बाहेक कुल ६ टिमको सहभागि रहने छ ।  प्रतियोगितामा अन्नपूर्ण युवाक्लव ताक्लुङ,सिक्स सोल्टिज क्लव घाँसा, निर्मल स्पोर्टिङ क्लव लेते, धौलागिरी युवाक्लव कोवाङ , निलगिरी युवाक्लव टुकुचे र मिलिजुली युवाक्लव मार्फाको सहभागी रहने छ । प्रतियोगितालाई सफल पार्न र मुस्ताङको गौरवमय खेलकुद तथा सांस्कृतिक गतिविधिलाई गतिशिल राख्न सबै क्षेत्रबाट सक्दो सहयोग प्राप्त हुने संघका अध्यक्ष कृष्णकुमार शेरचनले अपेक्षा गरे ।

२०२७ सालमा स्थापना भएको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम विभिन्न आरोह अवरोह पारगर्दै यस अवस्थामा आईपुगेको हो । मुस्ताङको आन्तरिक खेलकुद क्षेत्रको विकास ,धर्मसंस्कृति ,परम्परा,मौलिकतालाई संरक्षण तथा सम्वद्धन गर्दै कृषि र पर्यटन प्रर्वद्धनका लागि थाक खेलकुदले चरणवद्ध रुपमा योगदान पू¥याउदै आईरहेको छ । गौरवमय मुस्ताङ थाक खेलकुदको माध्यमबाट युवाहरुको भातृत्व  तथा नेतृत्व विकास गर्दै युवाहरुको सम्वन्धलाई जोड्ने पुलको रुपमा कार्य गर्दै आईरहेको संस्थाका अध्यक्ष शेरचनले उल्लेख गरे ।


प्रतिक्रिया